राजबिराज , २४ मंसिर । सप्तरीको राजगढ गाउँपालिकाले आफ्नो कार्यालयकाे भवन उदघाटन गरेकाे छ ।
आइतबार गाउँपालिका अध्यक्ष ओैमप्रकाश मण्डलले पानसमा दिप प्रज्वलन गरे पश्चात रिवन काटेर आफ्नाे पालिका भवनकाे उदघाटन गरेको हाे ।
गाउँपालिकाकाे वडा नम्बर ३ स्थित कुल ५ कठ्ठा १४ धुर क्षेत्रफलमा ११ काेठाकाे दुई तल्ले नवनिर्मित भवन पाँच कराेड ५० लाख लागतमा तयार भएको गाउँपालिकाका इन्जिनियर अजाय यादवले जानकारी दिए ।
उक्त भवनको डिपिआर ४ तल्लेकाे भए पनि तत्काल गाँउपालिकाले दुई तल्लाकाे मात्रै टेन्डर गरेकाे थियोे ।
भवन निर्माणकार्यकाे काम थालेको २ वर्ष ६ महिनामा पुरा गरेपनि तुलसी भक्त कंसटक्सनका प्रतिनिधि दिपेन्द्र यादवले आज उदघाटन समाहराेका बिच गाउँपालिका अध्यक्ष ओैमप्रकाश मण्डललाई भवन हस्तान्तरण गरेको छ ।
भवन उदघाटन समारोहमा गाउँपालिकाकाे उपाध्यक्ष रेणु कुमारी मण्डल, ६ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी लगायत सैकडाे स्थानीय जनताहरुले ताली बजाएर शुभकामना सहित उत्साह प्रदान गरेको थियो ।
उक्त भवनको लागि जग्गा भने पुर्व गापा अध्यक्ष परमान्द यादवले दान दिनुभएको हाे ।