२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

टिपरको ठक्करले किशोरीको मृत्युपछि रुपनी तनावग्रस्त, फाेटाे फिचर सहितस्त

राजविराज, ५ पुस । सप्तरीको रुपनीमा टिपरको ठक्करले किशोरीको मृत्यु भएपछि त्यहाँको स्थिति तानवपूर्ण बनेको छ ।

रुपनी गाउँपालिका १ बस्ने शंकर यादवकाे १२ वर्षीया छाेरी रिता कुमारी यादवलाई ना १ ख ८५४२ नम्बरको टिपरले आज बिहान करिब १० बजे ठक्कर दिँदा मृत्यु भएपछि उनका आफन्त, स्थानीय र विद्यार्थीहरुले पुर्व पश्चिम राजमार्गकाे रुपनीमा अवरुद्ध गरेका हुन् ।

राजमार्गमा ने किशोरीकाे शव राखेर उनका आफ्नत र विद्यार्थीहरुले चक्काजाम नै गर्न थालेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास, हवाई फाईर र रबरको गाेली समेत चलाउनु परेको सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।

मृतक रिता श्री क.न.मा.वि. रायपुरकाे कक्षा ६ मा अध्यनरत छात्रा थिईन ।

प्रतिक्रिया