२०८३ साल ब‌ैशाख ७ गते सोमबार

अग्निपीडितलाई तिलाठी काेईलाडी गाउँपालिकाबाट राहत प्रदान

राजबिराज , २७ फागुन । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका अग्नीपीडित परिवारलाई गाउँपालिकाबाट राहत सामग्री प्रदान गरेको छ ।

आइतबार राति आगलागी हुँदा सकरपुराका गोकर्ण मुखियाको तीन कोठे एउटा घर, नथुनी यादवको एक घर र लखन मुखियाको एक गरि तीन वटा घर जलेर नष्ट भएको थियो ।गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, पूर्व वडा अध्यक्ष मनोज चौधरीसहितकाले राहत सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाबाट अग्निपीडित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, कम्बल, हाइजिन किट, च्यूरा ५ किलो, भुजा ५ किलो, नुन २ किलो, भुजिया १किलो, साडी ६ थान, लुङ्गी ६ थान, चामल २५ किलो, खाने तेल १ लिटर, बेडसिट, बाल्टिन, मग, बच्चाको कपडासहितको सामग्री प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया