जनप्रतिनीधि संग सेटिंग
राजबिराज, १७ साउन । सप्तरीको छिन्नमस्ता गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत द्धव्यको विवाद पेचिलो बन्दै गएको छ ।
सरुवा लगते थमोती भइ सोमबार मात्रै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव हुँदा हुँदै मन्त्रालयले सरुवा गरिसकेका ललन कुमार यादव पुनः मंगलबार दिलिप आउनु भन्दा अगाडी नै अधिकृतको कुर्सीमा गएर बसिसके पछि अधिकृत द्धव्यको विवाद झन पेचिलो बन्दै गएको हो ।
यसै सन्दर्भमा मधेर मिरर संगको कुराकानीमा अधिकृत ललनले भने - मेरो सरुवा भइसकेको छ तर रमाना नलिन यहाँका कार्यपालिका बोर्डले निणर्ाय गरेको छ त्यसेले म यहाँ बाट रमाना लिएको छैन । जनप्रतिनीधिहरु संग कमिसनको सेटिंगमा तपाई यहाँ सरुवा गरी आएको भनी बाहिर हल्ला छ भन्ने प्रश्नमा ललनले भने - को को संग सेटिंग हुन्छ मलाई जप्रतिनीधिले चिठ्ठी दिएको छ की मन्त्रालायले उल्टे मिररलाई प्रश्न गरे मिरले भने मन्त्रालायले । मन्त्रालायले चिठ्ठी दिएर पठाएको भन्नुहुन्छ भने म मन्त्रालायको अनुसार न गर्ने हो भने ललनले थपे । फेरी मिररले भने - त्यसो भए मन्त्रालयले गरकोे सरुवा अनुसार तपाई यहाँ बाट जानु पर्ने हो, यो द्धव्य चरित्र देखियो नी त । ललने भने - द्धव्य चरित्र भन्दा पनि यहाँको जनप्रतिनीधिहरुको भनाई अनुसार तपाईमा काम गर्ने क्षमता छ त्यसेले तपाई यहाँ बस्नुस भनेको छ भनेर अधिकृत ललनले भने ।
त्यसेगरी मधेर मिरर संग छिन्नमस्ता गाँउपालिका अधिकृत दिलिपले भने ललन हाजिर भएको केही घण्टा नवितदै मन्त्रालायले उहाँको सरुवा यथावत गरेको अधारमा आफे जानु पर्ने हो तर नजानु अर्थ तपाई आफे बुझन सक्नु हुन्छ र उहाँको यस्तौ व्यवहारले उहाँकाे नेतिकता माथि प्रश्न उठनु स्वभाविक हो ।
अधिकृत द्धव्यको विवादको सन्दर्भमा गाँउपालिकाको अध्यक्ष विद्यान्नद चौधरी संग कुरा गर्दा उहाँले केही बोल्न चाहेन ।