२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

छिन्नमस्तामा आगलागी हुँदा ९ घर सहित १६ लाख बराबरको क्षति

राजबिराज, २१ चैत । सप्तरीको छिन्नमस्ता गाउपालिका ३ सखडमा मंगलवार साँझ आगलागी हुँदा करिब १६ लाख मुल्य बराबरको क्षति भएको छ । 

बासँधारी बाट सल्केको आगाे स्थानीय ८० वर्षीय गंगाराम साहको २, नीजको जेठो छोरा राम कुमारको ५ तथा कान्छो छोरा विन्दुकुमारको २ गरी कुल ९ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको हो । 

उक्त आगलागीबाट भाडाँकुडा, खाद्यन्न, फर्निचर, मोबाईल, टेलीभिजन, गरगहना र नगदका साथै टिनको छानो भएको ९ वटै घर जलेर नष्ट भएको पिडीतहरुले जानकारी दिएका छन् । 

राम कुमारकी पत्नी कंचनदेवीले फलामे दराज भित्रका गरगहना र नगद समेत सबै जलेर नष्ट हुदा आफुहरुको विचल्ली भएको सुनाईन । आगलागीले उनको मात्रै ९ लाख २५ हजार बराबरको क्षती भएको छ । 

स्थानीयवासी, प्रहरी र हनुमान नगरकंकालिनी नगरपालिकाको बारुणयन्त्रको मद्दतले आगो निभाउन सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया