राजबिराज, ३० कार्तिक । विभिन्न पार्टी परित्यागगरि सप्तरीको डाक्नेश्वरीमा सयाैंकाे संख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
शुक्रबार सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आयाेजित बृहत पार्टी प्रवेश कार्यक्रम जनता समाजवादी पार्टीको भातृ सङ्गठन समाजवादी युवा संघको प्रदेश कार्यसमिति सदस्य इन्द्र देव यादवको नेतृत्वमा सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको हाे ।
नेपाली काँग्रेस वडा कार्यसमितिका अध्यक्ष छोटेलाल यादवको अध्यक्षता तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद दिनेश कुमार यादवले प्रमुख आतिथ्यकाे रुपमा नवआगन्तुक सबैलाई फुलकाे माला, अविर र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
त्यसैगरी लाेसपा पार्टीका पर्व वडा अध्यक्ष बिजय कुमार चौधरी, प्रमोद कुमार पुरी लगायत विभिन्न पार्टी परित्याग गरी करिब संयाेकाे संख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।