काठमाडौं, ०६ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका सातजना सांसदलाई विश्वासकाे मतकाे मतदान प्रक्रिया तथा प्रतिनिधिसभाकाे अन्य प्रक्रियामा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्।
आइतबार दायर रिटमा जसपा नेपाल छाडेका अशोक राईसहित सात सांसदलाई ७ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेकाे विश्वासको मतकाे मतदान प्रक्रियालगायत अन्य संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ।
जसपा नेपाल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए स्वतह: बदर हुने जिकिर गरेका छन्। साेही रिटमा सोमबारका लागि पेसी तोकिएको छ।
यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको समाचार नयाँ पत्रिकाले छापेको छ ।