२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

कारागारमा एक कैदीबन्दीको मृत्यु

राजबिराज , ०६ मंसिर ।सप्तरीको राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको कारागारकाे प्रमुख सदानन्द दासले जानकारी दिनुभयाे ।

दासका अनुसार कैदी मण्डल खाना खाएपछि हातमुख धुन ट्युवेलमा गए र अचानक लडेपछि उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएकोे बताए ।

०७९ कात्तिक १६ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका कैदी मण्डल केही समयदेखि दम रोगबाट पीडित थिए ।

प्रतिक्रिया