२०८३ साल ब‌ैशाख ५ गते शनिवार

लुम्बिनी प्रदेश सरकारको विपक्षमा जसपा नेपालले मतदान गर्ने

काठमाडौं २२, चैत्र । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहिबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरुलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ । 

प्रतिक्रिया