२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

विभित्र पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जसपामा प्रवेश

राजविराज, २९ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार बिभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । स्थानीय यूवा नेता विजय यादवको नेतृत्वमा एमाले, काँग्रेस, माओवादी केन्द्र, लोसपा परित्याग गरी जसपा प्रवेश गरेका हुन् ।

जसपा प्रवेश गर्नेहरुमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हिका परमानन्द राय, बद्रि यादव, कुशेश्वर यादव, जय किशोर राय, रन्धिर यादवसहित एक दर्जन नेता तथा कार्यकर्ता जपसा नेपालमा प्रवेश गरेका छन् । उनीहरु यसअघि नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र लोसपामा रहेको तथा सो पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेको यूवा नेता बिजय कुमार यादवले जानकारी दिए ।


नव प्रवेशिहरुलाई जसपा नेपालका राजनीति समिति सदस्य एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले फुलमाला र अबिर लगाएर स्वागत छन् । यूवाहरु पार्टीमा स्वागत गर्दै मन्त्री साहले जसपाले मात्र महिला, मधेशी, आदिवासी जनजाति, मुश्लिम, दलित समुदायको अधिकार सुनिश्चित गर्ने बताए । उनले नवप्रबेशी यूवाहरुलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

संघ प्रदेशको निर्वाचनको घोषणा भएसँगै सप्तरीसहित मधेश प्रदेशमा पार्टी प्रवेशको लहर बढेको छ ।

प्रतिक्रिया