राजबिराज , ०९ माघ । सप्तरी सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टिका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले ईन्जिनियरिङ कलेज भवनको उद्घाटन गरेका छन् ।
मंगलबार राजविराज नगरपालिकाद्वारा आयोजित नव निर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका बिच उहाँले भवनको उद्घाटन गर्नुभएको हाे ।
निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सप्तरी-२ का तत्कालीन सासंद उपेन्द्र यादवको संसदीय विकास कोषको ४ करोड ६३ लाख ८१ हजार ६सय ८० रुपैयाँको लगानीमा उक्त भवन निर्माण गरिएको हो ।
२०७७ साल जेठ ९ गते निर्माण सम्झौता भएको उक्त भवन २०८० भदौ ३१ मा सम्पन्न भएको थियो ।
उक्त भवन राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको हाता भित्र निर्माण गरिएको हो ।