२०८२ साल असार ९ गते सोमबार

शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

काठमाडौ, ३० मंसिर । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा आज मृत्यु भएको हो।

उनले भने, 'स्कुटरमा आएकी उनले शनिबार दिउँसो आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।' 

मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको छ ।

प्रतिक्रिया