राजबिराज, ७ भदौ । सप्तरीको राजगढ गाउँपालिकाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।
राजगढ गाउँपालिका वडा नम्बर २ बनैनियाँ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै पेस्तोल छाडेर भागेका थिए । साेहि क्रममा उक्त हतियार बरामद भएको बताउनुभयाे । यता साे सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।