२०८३ साल ब‌ैशाख ५ गते शनिवार

श्रोत नखुलेको रकम सहित दुई युवती सप्तरीबाट पक्राउ

राजबिराज, ३० गते । सप्तरी प्रहरीले  श्रोत नखुलेको  नगद सहित रुपनी गाउँपालिका १ खाडो खोलाबाट दुई युवती पक्राउलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीया सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीया चन्दा कुमारी छन् ।

प्र १–०० ४८ प ३०९० नम्बरको स्कुटरमा सबार यी दुवैलाई रुपनी गाउँपालिका १ स्थित खाँडो पुलमा रोकेर चेकजाँच गर्दा स्कुटरको डिक्कीमा झोलाभित्र लुकाएर राखिएको रु ७ लाख ५० हजार बरामद भएको छ । यस्तै स्कुटर चालक सागरले लगाएको ज्याकेटको दाहिने तर्फको खल्ती भित्र राखेको रु ३६ हजार ५०० समेत फेला पारी दुवैलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रवक्ता एव डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । 

प्रतिक्रिया