२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

राजबिराज कारागारका शाैचालायमै झुन्डिएर कैदी

कृष्ण मण्डल
राजबिराज , २८ माघ । सप्तरी जिल्ला राजबिराज स्थित कारागारमा रहेका एकजना कैदी आइतबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्  ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत फेला परेका हुन् ।

कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा मण्डल फेला परेको सप्तरी प्रहरी प्रमुख एसपी गुजु सिद्धिबज्राचार्यले जानकारी दिनुभयो ।
जबरजस्ती करणी मुद्दामा उनी २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रतिक्रिया