राजबिराज , ११ मंसिर । सप्तरीको पश्चिम नाकाबाट आइतबार राति एक थान पेस्तोल सहित दुई राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बेल्हीबाट खटिएको पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले कपडाको पोका फालेर भारततर्फ भागेको थियो । उक्त कपडाको पोका खोली चेक गर्दा एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल गण नम्बर-६ ले जनाएको छ ।