राजबिराज , २२ पुस । सप्तरीमा जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ।
जिल्लाकाे तिलाठी कोइलाडी-४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले बताउनु भयो । चार दिनअघि भारतको पन्जाबबाट घर फर्किएका सदा बिहीबार राति खाना खाएर सुतेको र शुक्रबार बिहान ओछ्यानमै मृत फेला परेको स्थानीयहरुले बताए ।
विपन्न मुसहर समुदायका उनको घरमा न्यानो कपडाको अभाव रहेको र यसकै कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताए ।
यसअघि पनि सप्तरीमा गत पुस ८ गते जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको थियो ।