२०८३ साल ब‌ैशाख ९ गते बुधबार

स्कुटी दुर्घटनामा परि एक महिला स्वास्थ्यकर्मीकाे मृत्यु

राजविराज, १ श्रावण । सप्तरीको बलान बिहुल गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीकाे स्कुटी दुर्घटनामा परि मृत्युु भएको छ । उनी वडा नं. ६ स्थित रौतहट स्वास्थ्य चौकीमा कार्यरत थिइन् । 

    मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका १० घर भएकी महिला स्वास्थ्यकर्मी ३० वर्षिया राजकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनी उक्त स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत थिइन् । 

    हुलाकी सडक खण्ड अन्तरगत जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुर खण्डमा शनिबार राती भएको स्कुटी दुर्घटनामा उनको मृत्यु भएको हो । उनी सवार मधेश प्रदेश ०१–००४प३३४७ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएकी साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार हुन नसकि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । चिकित्सकले इसिजि गर्दा उनलाई मृत घोषित गरेको थियो । 

    यसैबीच उनको निधनको खबर आएपछि शोक मनाउन आइतबार गाउँपालिका मातहतका सबै स्वास्थ्य शाखाहरुमा बिदा गरिएको गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिएका छन् । 

प्रतिक्रिया