राजबिराज , १७ असाेज । छिन्नमस्ता सखडा मन्दिरकाे नयाँ लनेकतान्त्रीक विधान दिपाबली छठ पर्व सम्ममा दर्ता गरी लागु गर्ने सहमति भएको छ ।
छिन्नमस्ता युवा अभियान नेपालले बुधबार सखडामा आयोजना गरेकाे "छिन्नमस्ता मन्दिरकाे विधान सम्बन्धि छलफल कार्यक्रम" काे प्रमुख अतिथि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) काे प्रदेश सांसद माननीय सतिश कुमार सिंह तथा विशिष्ट अतिथि छिन्नमस्ता गाँउपालिका अध्यक्ष विद्यान्नद चाैधरी, मन्दिर समितिका कार्वाहक अध्यक्ष (पिठाधिस) महाकान्त ठाकुर र स्थानीयहरु बीच उक्त सहमति भएको हाे ।
हिन्दुहरूको महान पर्व बडा दशैमा यहाँ श्रद्धालु भक्तजनहरुकाे निकै भिडभाड हुने भएकाले मन्दिर समिति , गाउपालिका र स्थानीयुवाहरूकाे सहकार्यमा सफलता पुर्वक सम्पन्न गर्ने र दिपावली, छठ पर्व सम्म लाेकतान्त्रीक किसिमको नयाँ विधान तयार पारी दर्ता गराउने सर्वसहमतिमा निर्णय भएको माननीय सिंहले जानकारी दिए ।
त्यस्तै माताकाे मुकुट फेरिने कुरा देखी मन्दिरको विधान र मन्दिरको व्यवस्थापन लगायतका ८ वटा बुदामा सम्पुर्ण कुराहरुलाई समेटी एक हप्ता भित्र गापालाई मन्दिर समितिले लिखित जानकारी उपलब्ध गराउन यस अधि नै चिठी काटिएको अध्यक्ष चाैधरीले जानकारी गराए ।
विगत केही वर्ष देखि बेला बखत चर्चामा रहेको छिन्नमस्ता मन्दिरको नयाँ लाेकतान्त्रीक विधान मन्दिर समितिले लागु नगर्दा स्थानीयहरू आन्दोलित भईरहन्थ्याे ।