२०८१ साल माघ ७ गते सोमबार

महासंघको नेतृत्वमा सप्तरीका पत्रकारहरु आन्दोलनमा

राजविराज, २४ श्रावण । जिल्ला प्रशासन कार्यालय सप्तरीले कार्यालय परिसरमा अनुमती विना फोटो, भिडियो खिच्न रोक लगाएकोको विरोधमा सप्तरीका पत्रकारहरु आन्दोलित भएका छ्न । 

नेपाल पत्रकार महासंघ शाखा सप्तरीकाे कार्यालयमा बुधबारसाँझ ८ बजे  विभिन्न नारासहित  प्लेकार्ड  प्रदर्शन गरि आन्दोलनको घोषणा गरेका हुन । 

यसअघि महासंघले प्रेस स्वतन्त्रता विरोधी सूचना बुधबार ८ बजेसम्म फिर्ता लिन जिल्ला प्रशासन कार्यालयलाई अल्टिमेटम दिएका थिए । आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि श्रावण २५ गते थप  सशक्त आन्दोलनमा उत्रिने नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देवले बताए । 

जिल्ला प्रशासन कार्यालयले एक दिन अगाडिको मिति राखेर बुधबार सूचना जारी गरी पत्रकारसहित  सर्वसाधारणलाई बिना अनुमति फोटो, भिडियो खिच्न रोक लगाएको थिए । जिप्रकाद्वारा जारी सूचनामा अनुमति विना फोटो खिची सामाजिक संजाल, अनलाइन, पत्र–पत्रिकामा राखेको फोटो र भिडियो पाईएमा कारबाही गर्ने चेतावनी दिएको थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारीगरिएको उल्लेख गरिएको थियो ।

आदेश विपरीत गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने जारी सुचना मार्फत चेतावनी दिए लगत्तै महासंघ आन्दोलित भएका छ्न ।

प्रतिक्रिया