राजबिराज, १६ चैत । काठमाडौंकाे तिन कुनै स्थित राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको घटनाविरुद्ध शनिबार राजविराजमा प्रदर्शन गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा विभिन्न सञ्चारमाध्यममा काम गर्ने कार्यरत पत्रकारले प्रदर्शन गरेका हुन् ।
शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा तीनकुनेस्थित भवनमा आगजनी गर्दा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक लाई थुनेपछि मृत्यु भएको थियो । प्रदर्शनकारीले केही मिडिया हाउसकाे कार्यालयमा समेत आक्रमण गरेका थिए ।
पत्रकारको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, अराजकताको अन्त्य गर, पत्रकारलाई लेखन र बाच्न देउ सहितका नारा लेखिएकाे प्लेकार्ड छातीमा टासेर प्रदर्शन गरेका छन् ।
महासंघ बाट निकालिएको विरोध प्रदर्शन नगर परिक्रमा गरी नेता चाैकमा गरिएर कोणसभामा परिणत भएको थियो । उक्त सभालाई महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले दिवंगत भएका पत्रकार सुरेश रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टीको माग गरेका थिए।