२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरीमा चाडवाडकाे बेला बेलुका ७ बजे सम्म देउसीभैलाे खेल्न पाउने

राजबिराज , ०३ कार्तिक । सप्तरीमा देउसीभैलो लगायतका  साँस्कृतिक कार्यक्रमहरु चाडावाडकाे बेला बेलुका ७ बजेसम्म मात्र खेल पाईने भएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा एक सुचना जारी गर्दै उल्लेखित सूचना विपरीत कार्यहरु गरेको पाईएमा संलग्न जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जानकारी गराईएकाे छ ।

चाडवाडको समयमा व्यापारी, व्यवसायीहरुले अखाद्य बस्तुको उत्पादन, बिक्री वितरण, अस्वाभाविक मुल्यबृद्धि, कालो बजारी लगायतका गैर कानुनी क्रियाकलापहरु नगर्न नगराउन हुन सुचित गरिन्छ, सुचनामा भनिएको छ, साथै चाडवाड मनाउने सिलसिलामा देउसी भैलो जस्ता साँस्कृतिक कार्यक्रमहरु बेलुकी ७ बजे भित्र व्यवस्थित रुपमा सम्पन्न गर्न र अनावश्यक पटका, आतिसवाजी, ध्वानी प्रदुषण, (डिजे प्रयोग) होहल्ला जस्ता अवाञ्छित एवम शान्ति सु–व्यवस्थामा खलल पुर्याउने गतिविधिहरु नगर्न नगाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसेगरी शुभ दिपावली, छ्ठ पर्व र नेपाल संवतको अवसरमा सम्पूर्ण जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं प्रजिअ थापाद्वारा हस्ताक्षरित सूचना मार्फ  जानकारी गराईएकाे छ ।

प्रतिक्रिया