राजबिराज, ३२ श्रावण । सप्तरीको कञ्चनरूप स्थित बरमझियामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको हरिनगराका वर्षीय ४१ महेश कुमार मेहताको मृत्यु भएको छ भने मोटरसाइकल चालक वर्ष ४० का जय प्रकाश मेहताको उपचारको क्रममा भएको पहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरूप नगरपालिका ३ बरमझिया सडक खण्डमा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ३ गौतमपुर बस्ने अन्दाजी वर्ष ४१ का महेश कुमार मेहताको घटना स्थलमै मृत्यु भएको थियो भने प्रहरीले मोटरसाइकल चालक जय प्रकाश मेहताको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा उपचार पछि थप उपचारको लागी राजविराज लगिएको त्यही उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्याङ्करले पूर्वबाट आउँदै गरेको प्र १ – ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।