२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

छिन्नमस्ता शक्तिपीठमा श्रद्धालुकाे भिड, गंगा आरतिमा झनै भिड, फाेटाे फिचर

रराजविराज, ७ कार्तिक I नेपालीहरुको महान् चाड बडादसैँ सुरु भएसँगै आज विजया दशमीकाे दिन पनि सप्तरीका धार्मिक स्थलहरुमा श्रद्धालु भक्तजनको चहलपहल छ ।  

सप्तरीकाे छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ । 

नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि नै ठुलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरु पूजापाठ गर्नका लागि आउने गरेको पिठाधिश महाकान्त ठाकुरले बताउनुभयो ।

विजयादशमी सुरु भएको आज दशाैें   दिन हजारौँको सङ्ख्यामा भगवतीको दर्शन एवं पूजापाठका लागि भक्तजन आएको उहाँले जानकारी दिनुभयो । छिन्नमस्ता भगवती मन्दिरमा छिमेकी मुलुक भारतबाट समेत दैनिक हजारको सङ्ख्यामा यहाँ श्रद्धालु भक्तजन आउने गरेको मन्दिरका पीठाधीश ठाकुरले जानकारी दिनुभयाे ।

प्रतिक्रिया