राजविराज, २१ चैत । तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्र प्रसाद राय अमातको ७० बर्षको उमेरमा चैत्र २० गते राति करिब २ बजे निधन भएको हाे।
लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट टिचिंग अस्पतालमा उपचारको क्रममा निधन भएको हो । वडा सदस्य रायको निधनप्रति गहिरो दुःख प्रकट गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन् ।
न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको जनाएका छन् । गाउँपालिका तथा मातहतका कार्यालयहरु(अति आवश्यक सेवा बाहेक) बुधबार बन्द रहने समेत विज्ञप्तिमार्फत जनाइएको छ ।
दिवंगत रायको २ छोरा, २ छोरी र श्रीमति छन् । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सदगत गरिने वडा नं. ५का वडा अध्यक्ष ललन प्रसाद राउतले बताए ।