२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

धनुषामा जन्ती बाेकेकाे विंगर दुर्घटना हुँदा ५ जनाको मृत्यु

जनकपुरधाम, १७ मंसिर । धनुषा जिल्लाकाे बिरेन्द्र बजारमा जन्ती बाेकेकाे विंगर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ३ महिला, एक बालक र एक पुरुष रहेका छन् भने ९  जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट इटहरी जन्ती गएर फर्किँदै गरेको विंगर आज बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो ।

मृतक मध्ये पिपराका ११ वर्षीय बालक एस कुमार र धनुषाकाे मुखियापट्टी मुसहरनिया तुल्सीयाहीकी ३५ वर्षीय रुवीकुमारी साह रहेका छन्। अन्यको परिचय खुलेको छैन । घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया