२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

छिन्नमस्ताकाे कार्यपालिका निर्वाचनमा लाेसपा, एमाले र जनमत सहितको गठबन्धनकाे प्यानल विजयी

सखडा, सप्तरी १८ जेठ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा  कार्यपालिका सदस्य पदकाे निर्वाचनमा लाेसपा नेतृत्वको गठबन्धनले प्यानल सहित विजयी भएको छ ।

विजयी हुनेहरुमा महिला सदस्य तर्फ नेकपा एमाले बाट गाववती दास (२५ मत), विना देवी शर्मा (२४ मत), दलित वा अल्पसंख्यक सदस्यहरुमा लोसपा बाट जानकी देवी राम (२६ मत) र जनमत पार्टी बाट जसो देवी राउत (२३ मत) ल्याएर विजयी भएका छन । 

त्यसैगरी खुल्ला सदस्यहरुमा लोसपाको तर्फ बाट तिर्थ नारायण राय (तिलक) (२५ मत) र जेकपा एमालेको तर्फ बाट विलेक्षण रजक (२४ मत) ल्याएर विजयी हुनु भएको छ । भने निक्टतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र जसपाकाे तर्फबाट उम्मेदवारी दिएकाहरु रहेका छन् ।

आज बुधबार सकिएको गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा लोसपा नेपाल, एमाले र जनमत पार्टीले गठबन्धन गरि उम्मेदवारी दिएका थिए जसमा जसपा, नेपाली कांग्रेस र नेकपा समाजवादीले पनि सधाएकाे एक सदस्यले जानकारी गराए ।

७ वटा वडा रहेको छिन्नमस्तामा लाैसपा बाट गाँउपालिका अध्यक्षमा विधयान्नद चाैधरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजुदेवी यादव सहित २ वटा वडा अध्यक्ष, नेकपा एमालेकाे २ वटा वडा अध्यक्ष, जसपाकाे १ जना वडा अध्यक्ष, जनमतको १ जना वडा अध्यक्ष, नेकपा समाजवादीकाे १ जना वडा अध्यक्ष निर्वाचित भएका छन । 

प्रतिक्रिया