राजबिराज, १२ साउन । सप्तरीको छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष विद्यान्नद चौधरीले जनता संग बाचा गरेका कुराहरु लाई तिलाञ्जली दिइदै जनता ठगने काम गरेको छ ।
सस्तो लौकप्रियता र वाहवाही कमाउनकै लागी कार्यपालिकाको हरेक बैठक फेसबुक लाइभ गर्ने र हरेक विल भरपाइहरु पालिकाको वेवसाइटमा अपलोड गर्ने जनता संग एक सार्वजनिक कार्यक्रममा बाँचा गरेका थिए । तर आज (विहिवार) मात्रै कार्यपालिकाको बैठकको आम जनताले सोको समेत नपाउने गरी बसेको छ ।
आफुले बाँचा गरेको कुरामा समेत अडिग र पुरा गर्न नसकेका अध्यक्षले अगामी दिनमा के गर्ला भन्न जनगुनासो बढन थालेको छ । यस्तै कुराहरुको बारे अध्यक्ष संग कुरा गर्दा आफुलाई केही न सोधनुस लगायतका कुराहरु यस अघि ने भनिसकेको छ ।