२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरीको छिन्नामस्तामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु १ घाईते

राजबिराज, १२ जेठ । 
राजविराज- सखडा सडकखण्ड अन्तर्गत सप्तरीको छिन्नामस्ता गाउँपालिका ३ मा शुक्रबार मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छ्न । 
दुर्घटनामा स्थानीय जोगेन्द्र यादवको छोरा बर्ष १८ को श्याम कुमार यादव र सोही ठाउँका रघुवर खंगको छोरा बर्ष ३० को विकास कुमार खंगको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा स्थानीय लाल बहादुर खंगको छोरा बर्ष २३ को अजय कुमार खंग घाईते भएका छ्न । करिब १२ बजेर ३० मिनेटमा राजविराज देखि सखडातर्फ जाँदै गरेको प्र-२-०१-००२प २५६० नम्बरको  ३ जना सवार एपाची मोटरसाइकल आफै अनियंत्रित भई नर्सिङ थान छेउमा पाेलमा ठाेकी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।
मृतक दुबैजनाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घाइते अजय खंगको स्थानीय किलनिकमा उपाचार भईरहेको तथा उनको अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय सखडाका प्रमुख प्रहरी नायव निरीक्षक पप्पु कुमार झाले जानकारी दिएका हुन ।

प्रतिक्रिया