राजविराज, २४ असोज । जनमत पार्टीको पुरानो कार्यकर्ता सुरेन्द्र प्रसाद शर्मा् भनिने सुरेन्द्र मधेशीले आसन्न निर्वाचनका लागि आइतबार प्रतिनिधी सभाको सदस्य पदमा उमेदवारी दिएका छन् ।
जनमत पार्टीका केन्द्रिय सदस्य समेत रहेका मधेशीले सप्तरी निर्वाच क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा स्वतन्त्र बाट आफ्नो उमेदवारी दिएका हुन् । जनमत पार्टी बाट सो क्षेत्रमा अनिस अन्सारीलाई उमेदवार बनाए पछि मधेशीले सोही क्षेत्र बाट स्वतन्त्र उमेदवारी दिएका छन् ।
शुरु देखिनै पार्टीमा लागेका मधेशीले अन्तिम अवस्थामा पार्टीबाट टिकट नपाएर स्वतन्त्रको बाटो रोजेको बताइएको छ । उनी स्वतन्त्र उम्मेदवार भए पछि जनमत का उम्मेदवारका निकै चुनाैती र मत काटिने अवस्था छ ।