२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

पतिको कुटाईबाट पत्नीको मृत्यु, आमाकाे उपचार हुँदै

राजबिराज, ०८ श्रावण । सप्तरीमा घरायसी विवाका कारण आफ्नै पत्नीको हत्या गरेको  छ ।

जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर २ अकबरपुर बस्ने ३५ बर्षीय रामरुप खंगले आफ्ने ३० बर्षीया पत्नी पार्वती खंगलाई कुटपिट गरी हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

घरायसी विवादमा रामरुपले कुटपिट गरेपछि गम्भीर घाइते भएकी पार्वतीको उपचारका क्रममा राजविराजस्थित रहेको छिन्नमस्ता अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

रामरुपले पत्नीलाई कुटपिट गरिरहँदा बचाउन गएकी उनकी आमा ६१ वर्षीया समतोलिया खंग घाइते भएकी छन् । उनको राजविराजमा उपचार भइरहेको छ ।

आईतबार राति भएको यो घट्नापछि प्रहरीले रामरुपलाई नियन्त्रणमा लिएको छ ।

घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

प्रतिक्रिया