राजबिराज, १२ असाेज । विश्वासको शक्तिपिठहरु मध्ये ५८ ओै स्थानमा रहेको सप्तरीको छिन्नमस्ता शक्तिपिठ मन्दिरमा महागंगा आरती शुरू हुने भएकाे छ ।
मन्दिरकाे मूलगेट अगाडि महाआरती शुरू हुने भएकाे हाे । मन्दिरका पीठाधीश महाकान्त ठाकुरले शुक्रबार (आज) साँझदेखि याे महाआरती शुरू हुन लागेकाे जानकारी दिनुभयाे । प्रत्येक दिन साझ ७ बजे देखि गर्नेगरी महाआरती शुरु गर्न लागिएको उनले जानकारी दिए ।
महाआरतीमा दैनिक ५ जना संलग्न हुनेछन् । उनीहरूलाई भारतकाे बनारस र कुशेश्वर स्थानबाट आरती सम्बन्धी विशेष तालिम दिएकाे उहाँले बताए ।
ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले महागंगा आरती शुरू गरिने बताउँदै सहभागी हुन सबैसँग अनुराेध समेत गरेका छन् ।