२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

बालविवाह न्युनिकरण सम्बन्धि पालिकास्तरीय बैठक सम्पन्न

राजेन्द्र मिश्र 

राजबिराज, ७ माघ । बालबिवाह न्युनिकरणकालागि रुपान्तण कार्यक्रमको सप्तरी जिल्ला तिन पालिकास्तरिय समन्वय बैठक सम्पन्न भएको छ ।

युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लाईफ नेपाल जनकपुरधामले जिल्लाको राजबिराज, सुरुङ्गा नगरपालिका, छिन्नमस्ता, राजगढ र बिष्णुपुर गा.पा.गरी पाँच स्थानिय तहमा प्रारम्भिक चरनमा गर्न लागेको कार्यक्रम बारे पहिलो चरणमा राजबिराज नगरपालिका, राजगढ गा.पा.तथा बिष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा स्युक्त गरी छुट्टा छुट्टै संचालन भएको समन्वय बैठकमा सहभागीहरुले यस कार्यक्रम अन्तर्गत बालबिवाह बिरुद्ध संयुक्त अभियानको खाचो रहेको आवश्यक्ता ओल्याँए ।

किशोरकिशोरीलाई शिक्षा र शिप महत्त्वबारे आवश्यक जानकारी दिनु पर्ने भन्दै यसमा सबै सरोकारवाला पक्षको सहयोग र सहकार्य हुनु पर्नेमा सहभागीहरु एकमत देखिए ।

समाजमा व्याप्त बालबिवाहलाई अन्त्य गर्न किशोर किशोरी संगै त्यस्का अभिभावकहरु संग समेत अन्तरक्रिया, अभिमुखिकरणको आवश्यक्ता रहेको बताउदै बालबालिकालाई सरोकारवाला निकायहरुले सुन्नै नचाहेको बाल कल्व आवद्ध बालबालिकाहरुले गुनासो गर्दै हामीलाई अझ सुन्नु बुझ्नु पर्ने आवश्यक्ता रहेको उनिहरुले आग्रह गरे ।

एउटा जातिय, अन्तरजातिय, अनमेल, प्रेम बिवाहकै कारण भन्दै समाजमा बढदै गएको बालबिवाहलाई निरुत्साहित गर्न ठोष कानुन र योजना सहितको समुदायमा कार्यक्रम लिएर आउनु पर्नेमा अधिकांश सहभागी वक्ताहरुको सुझाव व्यक्त गरे ।

रुपान्तण कार्यक्रम संचालन भएकोमा हर्षित भएको भन्दै समग्र समाजलाई रुपान्तण गर्न यस कार्यक्रमले महत्त्वपुर्ण भुमिका खेल्नेमा आफुहरु बिश्वास्त रहेको तथा व्यक्तिगत, शाखा संगै समग्र स्थानिय तह बाट गर्नु पर्ने सहयोग सहकार्यमा तत्पर र प्रतिवद्ध रहने सहभागी प्रमुख तथा  प्रतिनिधिले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्थानिय पालिकाको समन्वयमा संचालित कार्यक्रमको प्रस्तुती लाइफ नेपाल "रुपान्तण" कार्यक्रमका कार्यक्रम संयोजक अरबिन्द चौधरीले गर्नु भएको थियो भने सहजीकरण कार्यक्रम सप्तरी जिल्ला संयोजक रुबी कुमारी मिश्रले गर्नु भएको थियो । 

सप्तरी, धनुषा र महोतरी जिल्लाको गरी कुल १૪ स्थानिय तहको १०० बिद्यालय तथा  समुदायका धर्मगुरु, किशोरकिशोरी, अभिभावक लगायतलाई राखी कार्यक्रम संचालन गरिन लागेको जानकारी गराउदै संयोजक चौधरीले कार्यक्रममा उठेका जिज्ञाशाको जवाफ समेत दिनुभयो ।

स्थानिय तहहरुमै संचालन भएको कार्यक्रममा नगर प्रमुख, उप प्रमुख प्रतिनिधि तथा बिभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी, कानुन व्यवसायी,बालबालिका, पत्रकार सरोकारवाला निकायको संगै पालिका सहजकर्ता समेतको सहभागिता रहेको र बाँकी पालिका स्तरीय समन्वय बैठक तथा दोस्रो चरणमा बिद्यालय स्तरीय समन्वय बैठक बस्दै जाने जानकारी जिल्ला संयोजक मिश्रले दिनु भयो ।

प्रतिक्रिया