२०८१ साल माघ २७ गते अाईतबार

मधेसकाे तेस्रो पालिकाकाे रुपमा छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घाेषणा

राजबिराज, १४ पुस । मधेस प्रदेशको तेस्रो पालिकाकाे रुपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका आज एक समारोहकाबीच बालविवाह मुक्त घाेषणा भएको छ ।

मधेस प्रदेशको माननीय मुख्यमन्त्री सतिश कुमार, छिन्नमस्ता गाउँपालिकाकाे अध्यक्ष विद्यान्नद चाैधरी र सेभ द सप्तरीका अध्यक्ष ध्रुब देवले बालविवाह मुक्त पालिकाकाे घाेषणापत्र संयुक्तरूपमा पढेर छिन्नमस्तालाई बालविवाह मुक्त घाेषणा गरेका हुन । 

आइतबार छिन्नमस्ता गाउँपालिकाकाे प्रांगणमा आयाेजित बालविवाह मुक्त पालिका घाेषणा समारोहकाे प्रमुुख आतिथ्यकाे रुपमा बाेल्दै मधेस प्रदेशको माननीय मुख्यमन्त्री सतिश सिंहले बालविवाह मुक्त घाेषणा हुँदैमा जनप्रतिनिधिहरुकाे दायित्व सकिदैन । भाेलिका दिनमा हाम्रा छाेरी चेलीलाई उचित शिक्षा प्रदान गरी सक्षम र सबल बनाउनु पर्ने हुन्छ । जसकाेलागि कानुनी सम्पन्नता मात्रै नभई, सामाजिक र शारीरिक रुपमा पनि परिपक्व हुनु जरुरी रहेको र त्यसेले याे बालविवाह मुक्त अपरिहार्य रहेको बताउनु भयो ।