२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

जबर्जस्ती वेश्यावृत्ति आराेपमा राजबिराजबाट २ जना पक्राउ

राजबिराज, १० मंसिर । सप्तरीकाे राजविराजका होटलमा वेस्यावृत्ति हुने गरेको खुलेको छ। राजविराज नगरपालिका–३ स्थित संचालनमा रहेको लक्ष्मी गेष्ट हाउसका सञ्चालक र म्यानेजर पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो।

प्रहरीले वेस्यावृत्ति गराएको आरोपमा लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षिय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका म्यानेजर महादेवा गाउँपालिका–२ का ४१ वर्षिय रामप्रकाश मण्डललाई पक्राउ गरेको छ।

गेष्ट हाउसमा वेश्यावृत्ती हुने गरेको सुचनाका आधारमा खटिएको प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो। उनीहरुले महिलाहरुलाई बिभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृत्तीमा संलग्न गराउने गरेको भेटिएपछि मिश्र र मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

दुवैलाई मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा आईतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद लिएर अनुसन्धान भईरहेको उनले वताए।

प्रतिक्रिया