२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

कांग्रेस, माओवादीले जसपापार्टीलाई समाप्त पार्ने खोज्यो ः उपेन्द्र यादव

राजबिराज, २ कार्तिक । जनता समाजवादी पार्टी मधेशीको पार्टी हो भनेर समाप्त पार्न खोजेकाले गठबन्धन बाट बाहिरिएको जसपाका राष्टिय अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रममा खुलासा गरेका छन् ।

बुधबार सप्तरीको छिन्नमस्ता गाँउपालिकामा आयोजित एक कार्यकता भेलालाई सम्बोधन गर्दे यादवले सो कुराको खुलासा गरेका हुन । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभामा ९ र प्रदेश सभा सदस्यमा २१ वटा सिट मात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीति सहित पार्टीलाई समाप्त पार्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको च्रकभियु बाट निसकिन सफल भए ।

 जसको फलस्वरुप अहिले प्रतिनिधिसभा सदस्यपदमा ८१ स्थानमा र १ सय ४५ प्रदेशसभा सदस्य पदमा गरी हुम्ला, जुम्ला, काठमान्डौं लगायत कुल ६५ जिल्लामा जसपा पार्टीले नेकपा एमाले संग तालमेल गरी चुनाव लडदे छन् ।

उनले भने संसद विघटन पछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारको लागि जसपा नेपाल लगायतले ५ दलिय गठबन्धन गरि स्थानीय तहको निर्वाचनमा सहभागी भए तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जसपालाई धोका दिइयो । जसको ज्वलन्त उदाहरणको रुपमा जनकपुर, विराटनगर र विरगञ्ज लगायतको स्थानलाई लिन सक्छौ । 

त्यसेले मधशेलाई सम्मृद्ध बनाउन र मधेशीहरुको हक अधिकार लगायतका सपना सकार पार्न जसपा नेपालले मात्रे सक्ने कुरामा यादवले जोड दिए ।

देशको मार्गदर्शन गर्ने जिल्लको रुपमा चिनिएको जिल्ला सप्तरी बाटै पुनः चुनाव जितेर मधेश र देशलाई सम्मृद्ध बनाउने बाँचा पनि गरे । छिन्नमस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा पार्टी निकट नेता तथा कार्यकताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया