काठमाडौँ, ३० चैत । प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुर ले आजदेखि पदभार ग्रहण गरेकी छन्।
यही २७ चैतको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन्। ठाकुरले आजै सभामुख डोलप्रसाद अर्याल सँग पहिलो औपचारिक भेट गरेकी छन्।
सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ।