राजबिराज , १४ असाेज । नेपालकाे एक मात्रै सप्तकोशीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा टापुमा सोमबार बिहानदेखि कोशीको बाढी पसेको छ ।
गोबरगाढा बस्तीका घरहरूमा अहिले दुईदेखि चार फिटसम्म पानी बगिरहेको वडाध्यक्ष कुशेश्वर यादवले बताए ।
चारैतिर कोशीको भंगालोले घेरिएको बीचमा गोबरगाढा बस्ती रहेको छ । वडाध्यक्ष यादवका अनुसार अहिले बस्तीमा महिला, बालबालिकासमेत गरी २ सय ५० जना रहेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले गोबरगाढाका हरेक घरमा कोशीको पानी पसेको बताए । बस्तीमा पानी पसेपछी उद्धार का लागि सय जनासम्म बोक्न सक्ने डुंगा पठाइएको नगरप्रमुख माझीले जनाए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले गोबरगाढा वस्तीमा पानी पसेको सूचना आएको र नागरिकलाई सुरक्षित गर्न सवन्मय भइरहेको बताए ।