२०८३ साल ब‌ैशाख ५ गते शनिवार

फोनिज सप्तरीको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा कृष्ण मण्डल

राजविराज, ०३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

फोनिज सप्तरीका उपाध्यक्ष जितेन्द्र प्रसाद चौधरी थारुको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका बीच जिल्ला अधिबेशन सम्पन्न भएको हो । 

अधिबेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिबमा रामनाथ चौधरी थारु, सह-सचिबमा कमल प्रसाद मण्डल धानुक, कोषाध्यक्षमा जयन्ती सिंह दनुवार चयन भएका छन् । 


यसैगरी समितिको सदस्यहरुमा भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल धानुक, मिलन लेखी थारु, दिपक सिंह दनुवार र सरोज राना मगर रहेका छन् । 

अधिबेशनले प्रिया सिंह थारु, बृजमान तामाङ र जितेन्द्र कुमार चौधरीलाई प्रदेश प्रतिनिधि र डम्बर राईलाई केन्द्रीय प्रतिनिधि चयन गरेको नवनिर्वाचित अध्यक्ष धानुकले जानकारी दिए । 


अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष चौधरी, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारु, फोनिज मधेस प्रदेश महासचिव बृजमान तामाङ,नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिब कृष्ण कुमार मण्डल,आदिवासी जनजाति महासंघ सप्तरीका उपाध्यक्ष उपेश कुमार सिंह दनुवार, थारु कल्याण कारिणीसभा सप्तरीका सभापति भुपेन्द्र प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीका सचिब रामनाथ चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत पत्रकार कमल प्रसाद मण्डल धानुकले गरेका थिए ।

प्रतिक्रिया