२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

कलेज जादै गरेकी किशोरी एकाविहानै बलात्कृत, युवक पक्राउ

राजविराज, १० माघ । सप्तरीको विष्णुपुर गाउँपालिका—७ की १५ वर्षिया किशोरीलाई गाउँ कै एक यूवाले बलात्कार गरेका छन ।

बुधवार विहान ६ बजेतिर साईकल चढेर कलेज तर्फ नजादै गरेकी किशोरीलाई मौका छोपेर सोही पालिकाको वडा नंं १ वस्ने १९ वर्षिय अकलेश कुमार मण्डलले नियन्त्रणमा लिई कोशी नहरको डिलमा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिकार गर्न खोज्दा मण्डलले ती किशोरीको बायाँ हात समेत टुटाईदिएका छन । “कलेज तर्फ जाँदै गर्दा एकान्त ठाउँमा देखेर अचानक मण्डलले मुख थुनेर कोशी नहरको साइफन मुनी पुर्‍याए, पीडीत किशोरीले प्रहरीलाई भनेकी छिन,— ज्यान मार्ने धम्की दिदै जबरजस्ती गरे ।”

एकाविहान बाक्लो हुस्सु लागेको र एकान्त स्थल देखेर पहिले देखी नै लुकेर बसेका मण्डलले साइकल रोकेर किशोरीलाई डरत्रास देखाई नहर किनारमा लगी बलात्कार  गरेको अनुसन्धानमा खुलेको छ । 

पीडीत किशोरी गाउँबाट करिब ४ किलोमिटर टाढा रहेको सदरमुकाम राजविराज स्थित वर्ल्ड भिजन क्याम्पसमा कक्षा ११ मा अध्यनरत छिन । उक्त अपराधमा संलग्न मण्डललाई बुधवारै साँझ गाउँबाट पक्राउ गरिएको र विहीवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया