काठमाडौ, २२ चैत । रामराजा सिंंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरीलाई नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट उहाँलाई नियुक्त गरेको हो । त्यस्तै समितिको सदस्यमा वीरेन्द्र प्रसाद यादवलाई पनि नयिुक्त गरिएको छ ।
संघीय सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार उक्त बैठकले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठाको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
यस अधि चौधरी बीपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा कार्यरत हुनुहुन्थयाे ।
सप्तरीकाे विकासमा मुहार फेर्ने लायकका याे आयोजना वर्षाै देखि ओैझेलमा पर्दै आएको भएता पनि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा उपेन्द्र यादव भए पछि केही आस पलाएको स्थानीयहरुकाे बुझाई रहेको छ ।