राजबिराज, ८ बैशाख । मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्ष र आमसञ्चार प्राधिकरणकाे अध्यक्षमा नियुक्त भएकाले पद तथा गाेपनियताकाे सपथ लिएका छन ।
साेमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मिडिया काउन्सिलको अध्यक्षमा कमल कुमार उपाध्याय र आमसञ्चार प्राधिकरणकाे अध्यक्षमा जितेन्द्र खडगाले पद तथा गाेपनियताकाे सपथ लिएको हाे ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले नव न्युक्त अध्यक्ष द्वयलाई न्युक्ति पत्र दिईदै सपथ ग्रहण गराएका थिए ।
सपथ लिएसंगै काउन्सिलको कार्यालयमा पुगेर उपाध्यायले पदभार ग्रहण गरेका थिए । त्यसैगरी आमसंचार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएका जितेन्द्र खड्गाले पनि सपथ लिए संगै पदभार ग्रहण गरेका छन् ।