सखडा, सप्तरी, १६ असाेज । विश्वको १०८ शक्तिपिठ मध्ये ५२ स्थानमा पर्ने छिन्नमस्ता भगवती मन्दिरमा बडा दशैकाे बेला स्वदेश तथा विदेशबाट आउने श्रद्धालुभक्तजनहरुलाई कुनै किसिमको कठिनाइ नहाेस भनी हिसाबले तयारी पुरा गरेको छ ।
सप्तरी जिल्लाकाे छिन्नमस्ता गाउँपालिकामा अवस्थित छिन्नमस्ता भगवती मन्दिर समितिले पुर्णरुपमा सरसफाइ लगायत सहजै मातकाे दर्शन हिसाबले तयारी पुरा गरेकाे मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
पर्यटन प्रवद्र्धकाे हिसाबले जिल्लामै उत्कृष्ट स्थानमा रहेको मन्दिरमा हरेक वर्ष बडा दशैकाे बेला श्रद्धालु भक्तजनकाे संख्यामा १० प्रतिशतले वृद्धि हुने गरेको ठाकुरले बताए ।
भारत बाट मन्दिर आउने भक्तजनहरुलाई सडक पुर्णतः बनिनसकेकाले केही कठिनाइ समेत हुन सक्ने अनुमान गरेकाे छ तथापि पनि श्रद्धालुकाे संख्यामा वृद्धि हुने सजिलोसँग बुझन सकिन्छ ।
त्यसैगरी करिब १० हजारकाे संख्यामा हरेक वर्ष बलिप्रदान हुने गरेको मन्दिरका मुलपुजारी भुवन ठाकुरले जानकारी दिए ।
यस अवसरमा मन्दिर आउने श्रद्धालु भक्तजनहरुलाई थपकुनै समस्य नहाेस भनी स्थानीयबासिन्दा, पालिका र स्थानीय प्रशासन पनि अग्रसर रहेको छ ।