२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

राजबिराज, १५ साउन । आज(आईतवार) बिहान ८ बजेर १३ मिनेटमा सप्तरी लगायत देशको विभिन्न स्थानहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

 सामाजिक सञ्जाल प्रयोगकर्ताकाे अपडेट अनुसार सप्तरी , सुनसरी , माेरङग,खोटाङ‚ सिन्धुपाल्चोक‚ धनुषा र काठमाडौं लगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । यसबाट हुन गएको क्षतिकाे एकिन विवरण अहिले आइसकेको छैन ।

विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया