राजबिराज, ३० बैशाख । नेपाल सरकार तथा मधेस प्रदेश सरकारकाे लगानीमा संचालित अधुरो योजनाहरूको समुचित सूचि तयार गरी ती योजनाहरूलाई प्राथमिकताका साथ पूर्णता दिने गरी नीति तथा कार्यक्रम ल्याउनका लागि आग्रह गरेका छन ।
मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चाँडै सार्वजनिक हुने क्रममा रहेकोले मधेस प्रदेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले यस्तो आग्रह गरेको हाे ।
पूर्ववर्ती सरकारका विभिन्न मन्त्रालयहरू अन्तर्गत अर्बौंको लगानीमा सञ्चालनमा आएका तर अधुरो अवस्थामा रहेका सयौं योजनाहरूको पूर्णता दिनकाे निमित्त नीति तथा कार्यक्रम ल्याउन साहले प्रदेश सरकारलाई आग्रह गरेको छ ।
यसबाट लगानीको सही सदुपयोग हुनुका साथै जनताले अपेक्षित लाभ लिन सक्नेमा विश्वास लिएको साहले बताउनु भयो ।