कृष्ण मण्डल
राजबिराज, २३ असाेज । विभिन्न राजनीति खिचातानीका बाबजुद अहिलेसम्मकाे अपडेट अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जसपा बाट पार्टी अध्यक्ष उपेन्द्र यादव र जनमत बाट पार्टी अध्यक्ष चन्दरकान्त राउत (सिके राउत ) भिडने भएको छ ।
जसपा पार्टीका स्रोतका अनुसार उपेन्द्र यादब सप्तरी २ बाट आज करिब ३ बजे उम्मेदवारी दर्ता गराउनेछन्। त्यसैगरी सिके राउतले अबेर राति एउटा सानाे भिडियो किलिप जारी गर्दै आफू सप्तरी २ बाटै उम्मेदवारी दिने सुनिश्चित गर्नु भएको छ ।
त्यसैगरी कांग्रेस संगकाे गठबन्धनकाे तर्फबाट लाेसपाका जयप्रकाश ठाकुरले उम्मेदवारी दिने तय भएको छ ।