२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको थप भवनकाे अर्थ मन्त्री साहले गरे शिलान्यास

राजविराज, २५ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको थप भवन निर्माण हुने भएको छ । 

शुक्रबार सप्तरीको राजबिराज स्थित रहेको महासंघको जग्गामा मधेश  प्रदेश सरकारकाे प्रबक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले एक समारोहका बीच थप भवनको शिलान्यास गरेको हो ।

भवन शिलान्यास गर्दै मन्त्री साहले उक्त भवन निर्माणका लागि लाग्ने सम्पूर्ण बजेट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भवन निर्माणका लागि मधेश सरकारकाे अर्थ मन्त्रालयबाट सशर्त अनुदान मार्फत तत्काल २५ लाख सहयोग प्राप्त भएको महासंघका अध्यक्ष श्रवण कुमार देवले बताए । 

नेपाल पत्रकार महासंघ सप्तरीको भवनसँगै नयाँ भवन निर्माण हुने जानकारी गराउदै सम्पुर्ण पत्रकार साथीहरूलाई उक्तकाममा सहयोग तथा रेखदेख गर्न समेत अध्यक्ष देवले आग्रह गरे ।

 भवन शिलान्यास कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु लगायतका बिभिन्न राष्ट्रिय तथा स्थानीय संचारमाध्यमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया