२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सशस्त्र प्रहरीका एक जना असई यादवकाे लास भारतमा भेटियो

कृष्ण मण्डल
राजबिराज, २० असाेज । सप्तरीको छिन्नमस्ता गाँपालिकामा कार्यरत सशस्त्र प्रहरीको एक जना असईकाे लास भारत बिहारकाे नयाँ बस्ती भन्ने स्थानमा भेटिएको छ ।
बिहीबार दिउँसो करिब २ बजेर १५ मिनेटमा सिरहा घर भएको असई अन्दाजी ४० वर्षीय सत्यनारायण यादवकाे लास भेटिएको सप्तरीको सशस्त्र प्रहरीको एस पी प्रदिप खडकाले जानकारी दिनु भयाे ।

जानकारी पाउन साथ आफ्नो टाेली असई यादवकाे लास ल्याई अहिले  पाेष्टमाटमकाे लागि राजविराज स्थिति गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा ल्याईएकाे एस पी खडकाले बताउनु भयो ।

 घटना के कुन कारणले भएको हाे भन्ने एकिन नभएको तर घटना सामान्य भन्ने नभएको खडकाले बताउनु भयो ।

प्रतिक्रिया