राजविराज, २६ जेठ । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मा बिहीबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वार्ड नम्बर ३ बस्ने ५५ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादव रहेको सप्तरी प्रहरीले जनाएको छ । गाई वस्तु चराउन गएका बेला एउटै छाता मुनि ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनु भयो ।
‘घटनाबारे जानकारी आएको र थप विवरणका लागि घट्ना स्थल तर्फ जाँदैछु’ प्रहरी निरीक्षक सिंहले भन्नुभयो ।