२०८३ साल ब‌ैशाख ३२ गते शुक्रबार

प्रेस चाैतारी नेपाल सप्तरीकाे अधिवेशन माघ २५ मा

राजबिराज, ०८ माघ । प्रेस चाैतारी नेपाल सप्तरीकाे जिल्ला अधिवेशन माघ २५ गते शुक्रबार राजबिराजमा गर्ने निर्णय भएको छ ।

मंगलबार सप्तरीको भारदहमा बसेकाे जिल्ला कार्यसमितिको बैठकले साे निर्णय गरेको हाे ।

जिल्ला अध्यक्ष डम्बर राईको अध्यक्षता तथा केन्द्रीय सदस्य खगेन्द्र कार्कीकाे प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मंसिर २८ मा सम्पन्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीको चुनावी समिक्षामा सतप्रतिशत नतिजा ल्याउ सफल भएकोमा नेपाल प्रेस युनियन र समाजबादी प्रेस संगठनकाे संयुक्त प्यानललाई चुनावमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने मतदाता,  निर्वाचन समिति र सुरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गर्दै, नयाँ सदस्यता, सदस्यता नविकरण र जिल्ला अधिबेशन गर्ने सम्मकाे विषयमा छलफल भई निर्णय भएको थियोे ।

साथै जिल्ला अधिबेशनलाई सफल बनाउन कृष्ण मण्डलकाे संयाेजकत्वमा आर्थिक समिति र पिन्टु यादवकाे संयाेजकत्वमा व्यवस्थापन समिति चयन गरियो । आर्थिक समिति सदस्यमा भुपदेव माली र नविन निर्भय यादव त्यसैगरी व्यवस्थापन समिति सदस्यमा पुनम पाेखरेल र रवि शर्मालाई राखिएको छ ।


प्रतिक्रिया